एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत

काठमाडौं । बढुवामा आफ्नो नाम नपरेको भन्दै राजीनमा दिएका एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत आज भएको छ।

गृह मन्त्रालयले एसपी उप्रेतीको राजीनामा स्वीकृत गरेको हो। एसपी नरेन्द्र उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । उनी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत थिए ।

उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएका थिए। प्रहरी प्रधान कार्यालयले राजीनामा गृह मन्त्रालयमा पठाएको थियो।

शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । उप्रेती एसपी बढुवाको सूचीमा परेनन् ।आफूभन्दा कनिष्ठलाई सिफारिस गरी आफ्नो नाम सिफारिस नभएको भन्दै उनले राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?