मिनीट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

भक्तपुर । मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

भक्तपुर चारदोबाटोको सडकखण्डमा नयाँ ठिमीबाट गठ्ठाबाट तर्फ जादै गरेको नम्बर नखुलेको निलो रङ्गको निशान मिनी ट्रकले बाटो काटदै गरको पैदल यात्रुलाई  ठक्कर दिएको हो । 

मृत्यु हुनेमा बालकोट बस्ने ६३ बर्षको मिथिलेष उपाध्य रहेका छन् । 

उपाध्य गम्भिर घाइते भई उपचारको क्रममा मध्यपुर ठिमी अस्पताल  मृत्यु भएको हो । मिनी ट्रक फरार रहेको, खोजिकार्य जारी रहेको प्रहरी कार्यलय भक्तपुरले जनएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?