बाह्र घण्टा बित्न नपाउँदै कञ्चनपुरबाट थप साढे ५ किलो सुन बरामद

कञ्चनपुर । बाह्र घण्टा बित्न नपाउँदै कञ्चनपुरबाट प्रहरीले फेरी थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । 

कञ्चनपुरको पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाटै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको टोलीले बिहीवार राति थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।दशरथ

बस्तीबाटै बिहीवार दिउँसो १८ किलो सुन पनि बरामद गरेको थियो । 

१८ किलो सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए ।

पक्राउ परेका तिरुवा दाजुभाइलाई सोधपुछ गर्ने क्रममा थप सुन बरामद भएको एसपी कडायतले  जानकारी दिए । 

शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो । बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ ।

प्रहरीले भारतबाट तस्करी गरी सुन ल्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

अनुसन्धानका क्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भई भारतमा चालकको काम गर्दै आएका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ सुरजलाई दिएका थिए । सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत जवान हुन् ।

लक्ष्मणले दिएको सुन सुरजले ससुराली घरमा राखेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेर छापा मारेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?