धनगढी । प्रहरीले कञ्चनपुरबाट १८ किलो सुन बरामद गरेको छ भने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको हो ।
कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाका अनुसार सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेको उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।
सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदै गरेको एसपी तिम्सिनाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया