WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।आज मिति २०७५ साल फागुन १ गते देश दुनियाँमा के–के घटना भए जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. प्रधानमन्त्री ओलीले सुनाए 'बाआमा' कहानी : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट ल्याउने प्रयास भइरहेको बताएका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको बताउँदै त्यसलाई सफल हुन नदिने दाबी गरेका छन् ।
2. अवतरण र उडानमा समस्या आएको भन्दै भरतपुर विमानस्थल विस्तार गर्ने तयारी : भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ । तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् ।
3. मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने प्रयास गरिरहेको छस् गृहमन्त्री थापा : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताएका छन् । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिए ।
4. १२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा, को कहाँ पुगे : नेपाल प्रहरीका १२ प्रहरी उपरीक्षक (एसपी) काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार १२ प्रहरी उपरीक्षक एसपीलाई काजमा सरुवा गरिएको हो । मुकेश कुमार सिंह मकवनपुरमा काज सरुवा भएका छन् भने गोपाल चन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागणमा सरुवा भएका छन् यसअघि उनी कञ्चनपुरमा थिए ।
5. अन्तर्राष्ट्रिय रेस्लिङ रिङमा मुकाबला गरेकी भगवती खड्काको रेस्लरदेखि कोचसम्मको यात्रा (भिडियो सहित) : ५ फिट नौ इन्च उचाइ, खाइलाग्दो ज्यान । हेर्दा सामान्य छोरी मान्छेभन्दा फरक देखिनु हुन्छ भगवती खड्का । उहाँ नेपालकै पहिलो महिला रेस्लर हो । शारीरिक बनावटकै हिसाबले पनि महिला रेस्लर हुन ठ्याक्कै सुहाएको छ, उहाँलाई । प्रेरणा तिमल्सिना लेख्छिन्, भगवती खड्काले यो कुरा बुझिन् कि ‘छोरी मान्छेसँग बल नभएको होइन, साहस नभएको हो’
6. जनयुद्ध दिवसका अवसरमा बाबुरामले ट्वीटमार्फत सार्वजनिक गरे यस्तो तस्वीर : नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले २४ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिएका छन् । डा। भट्टराईले बुधवार बिहान सामाजिक सञ्जाल ट्वीटरबाट ट्वीट गर्दै २४ औँ जनयुद्ध दिवसका अवसरका शुभकामना दिएका हुन् ।
7. कसले कसरी पाउँछन् बेरोजगार भत्ता ? निर्वाह भत्ता कसका लागि : सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गरेको छ ।बुधवार ‘प्रधनमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो काम बेरोजगारहरुको तथ्यांक संकलन हुने बताए ।
8. ‘वेस्ट प्लेयर अफ दि इयर’ अवार्डको आयोजना गर्ने : नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएसको आयोजनामा वर्षको उत्कृष्ट खेलाडी अवार्ड हुने भएको छ । २०१८ सम्म प्रर्दशन गर्ने एक पुरुष र एक महिला खेलाडीसहित ५ विधाका सर्वोत्कृष्ट खेलाडीलाई सो अवार्ड प्रदान गर्ने बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो ।
9. ‘डीपीएल’ क्रिकेट स् काडमाडौं गोल्डेन्सको लगातार दोस्रो जित : धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ । फाप्ला क्रिकेट मैदानमा बुधवार भएको पहिलो खेलमा काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
10. दुर्घटना : #स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु : सिरहाको मिर्चैयामा स्कूल बस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधवार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पु सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा एकापसमा ठोक्किँएको हो ।
# महोत्तरीमा ट्रिपर दुर्घटनाः १० घाइते, दुईको अवस्था गम्भीर : महोत्तरीको बर्दिवासमा ट्रिपर दुर्घटना हुदा १० जना घाइते भएका छन् भने दुई जना गम्भीर घाइते भएका छन् । ढुङ्गा बोकेको ना ३ ख नम्बरको ट्रिपर मुख्य बर्दिबासको मुख्य चोकमा दुर्घटना भएको हो ।
11. यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा : अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ ।
12. एपिएफलाई दिदी बहिनी कप भलिबलको उपाधि : शसस्त्र प्रहरीको ‘एपिएफ’ क्लबले दिदी बहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधवार सम्पन्न भएको फाइनल खेलमा एपिएफ क्लबले न्यु डाइमण्ड एकेडेमीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । एपिएफले न्यु डाइमण्डलाई खेलको पहिलो सेटमा २५–१८ ले, दोस्रो सेटमा २६–२४ सेटले तथा चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो ।
13. एशिया छनोटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने, सात टिम सहभागी ‘खेल तालिकासहित’ : ‘आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ । आगामी सन् २०२० मा आयोजना हुने महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्धन्दी मलेसिया पाएको हो ।
14. त्यो यात्रा–३ : रातको नौ बजिसकेको थियो । थाई इमिग्रेसनको काम सकेपछि सात नम्बर गेटबाट हामी बाहिर निस्क्यौँ । विदेशी पाहुनालाई रिसिभ गर्न नाम लेखिएको पम्प्लेट हातमा लिएर पर्खिनेहरुको लम्बेतान भिड थियो । भानू दाहालको यात्रा संस्मरण अति रोचक छ ।
15. गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान : ‘धुर्मुस सुन्तली साँझ’बाट ३५ लाख सङ्कलन : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् ।
16. सन् २०१९ को जनवरीसम्म कति पर्यटक नेपाल भित्रिए : नेपाल पर्यटन बोर्डले सन् २०१९ को जनवरी महिनासम्ममा ९१ हजार ७ सय ९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको जनाएको छ । अध्यागमन विभागको नयाँ तथ्याङ्कअनुसार नेपालमा हवाइमार्ग हुँदै ७७ हजार ३ सयपर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै १४ हजार ४ सय ९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन् ।
17 कलाकारको पारिश्रमिक बढ्ने, फिल्मको क्वालिटी नबढ्ने : नेपाली फिल्मको इतिहास त्यति लामो नभए पनि पछिल्लो समय एकपछि अर्को फिल्म बनिरहेको बाहिरबाट हेर्दा यो क्षेत्रको विकास तीब्र रुपमा भइरहेको हो कि भन्ने धेरैलाई लाग्छ । तर, वास्तविकतामा नेपालमा फिल्म क्षेत्र लामो समयदेखि स्थिर छ । भइरहेका नयाँ प्रयोगहरुले सफलता पाउन सकिरहेका छैनन् ।
18. अमेरिकाले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै रुसको आपत्ति : संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया