मानव तस्करीको आशंकामा १ सय ७९ जनाको उद्दार

काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुर्यानइएका ३२ पुरुष र १ सय ४७ जना महिलालाई बुधवार उद्दार गरिएको छ ।

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदुतावासका काउन्सुलर (सहचरी) नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले उनीहरुको उद्दार गरेको हो । 

उद्दार गरिएकाहरुलाई नेपाल ल्याउने आवश्यक प्रक्रिया भइरहेको र यस सम्बन्धमा थप अन्य अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?