ट्रिपर चालकले प्रहरीलाई एक सय घुसदिन खोजेपछि……

काठमाडौं । प्रहरीलाई एक सय रुपैयाँ घुसदिन खोजेको आरोपमा ट्रिपर चालक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका २७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीको टोलीले ललितपुर लेले बस्ने २० वर्षीय प्रचण्ड रायजाली मगरलाई बुधवार राति पक्राउ गरेको हो । 

बा४ख १७६ नम्बरको मिति ट्रिपर जाँच गर्ने क्रममा कागजपत्र नभएको भनी चालक मगरले प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोजेपछि पक्राउ परेका हुन् । 

यसैगरी काठमाडौं महानगरपालिका १४ कलंकी ढुंगे अड्डास्थितबाट पनि प्रहरीलाई एक सय घुसदिन खोजेको आरोपमा एक जनालाई पक्रा गरिएको छ । धादिङ थाक्रे गाउँपालिका २ बस्ने वर्ष ३५ को केदार मल्ललाई बुधवार राति पक्राउ गरेको हो । 

बा५ख६०८४ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा मल्लले कागजपत्र नभएको भनी प्रहरीलाई उक्त रकम घुस दिन खोजेपछि उनी पक्राउ परेका हुन्। 

यस  सम्बन्धमा थप अनुसन्धान भइरहरहेको प्रहरी जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?