सिरहामा बस दुर्घटना: १५ जना घाइते, चालक फरार

काठमाडौं । सिरहाको धनगढीमाइ नगरपालिका ४ स्थित जयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

बरियारपट्टिबाट जिरोमाइलतर्फ आउँदै गरेको ना४ख६२३ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ दुर्घटना हुँदा १५ जना घाइते हुन् । 

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घाइतेरु खतरामुक्त रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । 

घटनापछि चालक फरार छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?