६ वर्षसम्म फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त प्रहरीको फन्दामा

प्यूठान । कर्तव्य ज्यान मुद्दाका १ जना फरार अभियुक्त ६ वर्ष पछि प्रहरी फन्दामा परेका छन् । 

२०६९ पुस कार्यालय प्यूठानका अनुसार गुल्मीको अग्लुङफेदीबाट प्यूठानको ठुलावेशी आउँदै गर्दा धारिलो हतियार प्रयोग गरी रमेश मल्लले केसीको हत्या गरेका थिए । नाताले रमेश र विज्ञान फुपु-मामाको छोरा थिए । 

गौमुखी गाउँपलिका ३ (साविक पुजा १) घर भई रुपन्देही बुटवल उप– महानगरपालिका १२ नयाँगाउँ लुकिछिपी बस्दै आएका मल्ललाई ६ वर्ष पछि आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए । प्रहरी हवल्दार र

विन्द्र बिक्रम सहितको टोलोले बुटवल स्थित नयाँगाउँबाट मल्ललाई पक्राउ गर्न सफल भएको हो । 

हत्यापछि रमेश मल्ल फरार हरेको थिए । पक्राउ पछि प्रतिवादी रमेशलाई सोमबार प्यूठान जिल्ला अदालतमा पेश गरी अदालतको आदेश अनुसार कानुन बमोजिम कैद भुत्तानको लागि कारागार पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए । 

सम्मानित जिल्ला अदालत प्यूठानले कर्तव्य ज्यान मुद्धामा मल्ललाई २०७२ भदौ २८ गते १९ वर्ष ११ महिना ५ दिन कैद सजायको फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?