मोरङ–‘मिस तपाईंको घडीमा कति बज्यो?’
शिक्षिका दुर्गावती राजवंशीले नाडी हेरिन्। भनिन्, ‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
सोमबार १० बजेर ५ मिनेट गएको थियो। जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयको
मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले भने, ‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस्।’
‘ हुन्छ, फर्कन्छु, भोलिदेखि समयमै आइपुग्छु,’ शिक्षिका राजवंशीले भनिन् ।
उनले पछि भनिन्, ‘आफैंले बनाएको नियम हो ।’ यसअघि शिक्षिकाद्वय मनमाया गुरुङ र
पूजा मण्डललाई पनि विद्यार्थीले ढोकैबाट फर्काएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया