माघ २१ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ २१ गते देश दुनियाँमा के–के घटना भए रु जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

१. सरकारविरुद्ध कांग्रेसको ७७ वटै जिल्लामा प्रदर्शनः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महँगी, भ्रष्टाचार र सरकारका निर्णयको विरोधमा आज सोमवार देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको छ । 

महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी सरकारविरुद्ध प्रदर्शन गर्ने हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महंगी, भ्रष्टाचार तथा सरकारका अनेक जनविरोधी निर्णयविरुद्ध कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्न लागेको बताए ।

२. प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत दुवै बिखण्डनकारी भएको खानको आरोपः भैरहवामा कांग्रेस रुपन्देहीले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज (सोमबार) भैरहवामा बिरोध सभाको आयोजना गरेको छ । 

सरकारको एकपक्षिय निर्णय, बढ्दो महगीं नियन्त्रण, शान्ति सुरक्षा कायम तथा शुसासनको माग गर्दै सभाको आयोजना गरिएको हो । सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य फकरुद्दिन खानले प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत दुवै बिखण्डनकारी भएको आरोप लगाए । 

३. कांग्रेसलाई नेकपाको आग्रहस् ’राष्ट्रिय महत्वका मुद्दाहरुमा साझा सहमति गरेर अघि बढौं’: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई यो समयमा आन्दोलनको  गर्न नहुने सुझाव दिएको छ । 

आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई वर्तमान समय आन्दोलनको समय नभएको सुझाव दिएको हो । सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले हाल राष्ट्रको मुख्य कार्यभार आर्थिक समृद्धि तथा सामाजिक न्यायसहितको समृद्धिको कार्यभार रहेको भन्दै  प्रतिपक्ष नेपाली कांग्रेसलाई आर्थिक समृद्धिको कार्यभार पुरा गर्ने दिशामा सँगै अघि बढ्न आग्रह गरे ।

४. राप्रपा केन्द्रीय कार्य समितिको बैठक सकियो, यस्तो छ आठ वटा निर्णयः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समितिको बैठक सकिएको छ । 

राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतवारदेखि बसेको समितिको बैठक आज सकिएको हो ।

५. नेकपाले दियो तल्लो तहको कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशनः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्यदललाई मंगलवार (भोली) आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

सचिवालयको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्य दलको  कार्य प्रगति विवरणसहितको प्रतिवेदन मंगलबार सचिवालयमा बुझाउन निर्देशन दिएको हो ।

६. नेकपा विश्वशान्ति, समझदारी र समृद्धिको पक्षमा छ-प्रवक्ता श्रेष्ठः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाबारे आफ्नो अडान कायम राखेको छ ।

सोमवार नेकपा प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको  सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने आफ्नो धारण कायम राखेको हो ।

७. किन जाँदैछिन् राष्ट्रपति भण्डारी चीन र अमेरिका भ्रमणमा ?: राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छिन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निम्तोमा राष्ट्रपति भण्डारी दुई महिनापछि चीन जान लागेकी हुन् । 

८. पुर्वी रुकुममा कर्फ्यु, जनजीवन अस्तव्यस्तः पुर्वी रुकुममा सदरमुकाम सार्ने बिषयले उग्ररुप लिए पछि त्यहाँको प्रशासनले कर्फ्यु लगाएको छ ।

यस अघिको सरकारले हाल सदरमुकाम रहेको रुकुमकोट बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडामा सदरमुकाम सार्ने गरेको निर्णयलाई कार्यन्वयनको माग गर्दै त्यहाँका बासीन्दाले आन्दोलनको घोषणा गरे लगत्तै सम्भावित असुरक्षालाई ध्यानमा राखी सदरमुकामको चार किल्लामा प्रबेश निषेध गरी कर्फ्यु  लगाईएको त्यहाँका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

९. उपचारको क्रममा बालकको मृत्यु, मृतकका आफन्तद्वारा अस्पताल तोडफोडः उपचार गर्न ल्याइएका बालकको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा तोडफोड भएको छ ।

पखाला लागेपछि उपचारका लागि आइतबार अस्पताल ल्याइएको मेचीनगर नगरपालिका–५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजवंशीको मृत्युको विषयलाई लिएर विवाद भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

१०. संवैधानिक आयोगका पाँच प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वानः सरकारले विभिन्न पाँच वटा संवैधानिक आयोगमा लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ । 

संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकले विभिन्न पाँच वटा संवैधानिक आयोगको अध्यक्षको नाम सिफरिस गरेको थियो ।

११. ‘समर लभ’ को त्यो कायर प्रेमी मै हो-सुबिन भट्टराई: उपन्यास ‘समर लभ’ लेख्नुअघि सुबिन भट्टराई त्यति धेरै दर्शकमाझ परिचित थिएनन् । यो उपन्यासपछि सुबिन भट्टराईका पाठक फ्यान ह्वात्तै बढे । त्यतिबेलाको बेस्ट सेलर यो उपन्यास यतिबेला फेरि चर्चामा छ । कारण, सोही उपन्यासमाथि बन्ने फिल्म ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्म यतिबेला त्यही उपन्यासको कथाका कारण बढी चर्चामा छ । रिलिजको मुखमा रहेको यो फिल्म गीत तथा ट्रेलरका कारण पनि चर्चामा थियो । फिल्ममा अतीत र साया बनेका छन्, आशिष पिया र रेवती क्षेत्री ।

१२. एलजीको नयाँ अफर, लइडी टिभिमा ४१% सम्मको क्यास ब्याकः एलजीले आफ्नो ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ ।

झट्कै लाग्ने गरि एलजीले आफ्नाग्राहकहरुको लागि लइडी टिभिहरुमा ४१% सम्मको क्यास ब्याक अफर ल्याएको हो । सबै लइडी टिभिहरुमा दई वर्षको पुरा ग्यारेन्टिका साथ यो अफर ल्याएको हो ।

१३. ट्वीटर प्रयोगकर्ताका लागि खुशीको खबर..: ट्वीटर चलाउने प्रयोगकर्ताहरुका लागि खुशीको खबर ! अब आफूले गरेको ट्वीटमा कुनै अक्षर वा गल्ती फेला परेमा त्यसलाई सच्याउन पाउने भएका छन् । 

ट्वीटरमा पनि फेसबुकमा झैँ आफूले गरेको पोष्ट इडिट गर्ने फिचर आउने भएको छ ।

१४. सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने, प्रतिदिन एक लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्नेः पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिक रूपमा करीब २० करोड राजश्व तिर्ने योजना बनाएको छ । 

यस अघि मासिक करीब आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ ग्रुपका अगुवा शशी न्यौपानेले जानकारी दिए ।

१५. देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको चेतावनीः भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले आइतवार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् ।  

उनले सो अन्तर्वार्तामा भने, देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरुको क्रियाकलापमा निर्भर रहने बताएका हुन् ।

१६. संकटग्रस्त मुलुक भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउनेः संकटग्रस्त मुलुक भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने निर्णय गरेको छ  ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी सहायता अस्वीकार गरे पनि स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुआईडोले भने मानवीय सहायतालाई स्वीकार गरेका छन् ।

१७. पोखरामा सबै किसिमको खेलकूदको विकास गर्न सक्ने सम्भावना छ– खेलकुद मन्त्रीः युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा क्षेत्रमा सबै किसिमका खेलकूदको विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् । 

पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा ४२ औँ अभिभावक दिवस समारोहको  गर्दै उनले पोखरा र आसपासमा एक हजार रोपनीसम्मको जग्गा उपलब्ध भएमा सरकार अन्तर्राष्ट्रियस्तको रङ्गशाला बनाउने सोचमा रहेको जानकारी दिए ।

१८. एतिहासिक जित हासिल गरेको क्रिकेट टोलीलाई रातो कार्पेटमा स्वागतः तीन एकदिवसीय क्रिकेट र टि–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेटमा स्वागत गरिएको छ ।

संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको दुवै सिरिज आफ्नो पोल्टामा पार्दै ऐतिहासिक जित निकालेको नेपाली टोलीलाई नेपाल आइपुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?