काठमाडौं । माओवादी केन्द्रसहित ४ दलको संयुक्त समाजवादी केन्द्र आज घोषणा नहुने भएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबीच संयुक्त मोर्चा समाजवादी केन्द्र घोषणाको अन्तिम तयारी गरिएको छ ।
आज घोषणा गर्ने भनिए पनि आन्तरिक तयारी नपुगेका कारण घोषणा हुन नसकेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले लोकपथलाई जानकारी दिए । उनका अनुसार सबै राजनीतिक दल आन्तरिक छलफलमा रहेको र केही विषयमा सहमति गर्न बाँकी रहेको छ । त्यस्तै छलफलले अन्तिम रुप पाएपछि असार ५ गतेसम्म समाजवादी केन्द्र घोषणा हुने उनले बताए ।
‘आज हुने भनिएको थियो । तर हामी केही विषयमा छलफल गर्ने भइरहेको छ ।’ उनले भने, ‘असार ५ गतेसम्म समाजवादी केन्द्र घोषणा गर्नेगरी तयारी गरेका छौँ ।’
लामो समयदेखि समाजवादी केन्द्र निर्माण गर्ने भनिरहे पनि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने तत्कालका लागि समाजवादी केन्द्रमा सामेल नहुने भएको छ ।
तत्कालिन नेकपाको विभाजनपछि समाजवादी केन्द्र निर्माण गर्ने तयारी गरिएको थियो ।
नयाँ बन्ने समाजवादी केन्द्रको नेतृत्व आलोपालो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया