वीरेन्द्रनगर । कर्णालीमा मातृ मत्युदर बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन थालेको छ ।
भौगोलिक विकटता र सडक पहुँचको अभावमा सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या हुँदा सुत्केरीको ज्यान जान थालेपछि कर्णाली सरकारले उक्त अभियान चलाएको हो ।
प्रसूतिका जटिल खालका समस्या भएका र स्थानीयस्तरमा उपचार असम्भव भएको अवस्थामा हेलिकप्टरमार्फत अस्पताल लैजाने गरिएको छ ।
कर्णाली सरकारले गत वर्ष फागुनयता १४ सुत्केरीलाई हेलिकप्टर चार्टर गरी अस्पताल पुरयाएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए ।
‘कर्णालीमा सुत्केरीको ज्यान जोगाउन अभियान चलाएका हौं’ उनले भने, ‘अब यहाँका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न गराउन पहल गर्दैछौँ ।’पाठे
घर खस्ने महिलाका लागिसमेत विशेष अभियान चलाउँदै आएको मन्त्री रावलले बताए । कर्णालीका १० जिल्लामध्ये सुर्खेतबाहेकका जिल्लामा हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई अस्पतालमा पुर्याउन थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया