कीर्ते नागरिकता : सहायक सिडिओसहित ८ विरुद्ध मुद्धा

पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका देवेन्द्र शिवाको नाममा जारी भएको कीर्ते नागरिकता प्रकरणमा प्रहरीले आठ जनालाई विपक्षी बनाई जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले विपक्षी बनाएका प्रतिवादीहरुमध्ये पाँच जना सरकारी कर्मचारी रहेका छन् ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, नागरिकता फाँटका कर्मचारी प्रकाश अधिकारी र राजकुमार न्यौपाने, तत्कालीन इम्बुङ गाविसका सचिव सुरेश सुवेदी र प्रकाश ताम्ली रहेका छन् ।

त्यस्तै कीर्ते नागरिकता बनाउने देवेन्द्र शिवा र गौरव नेम्बाङ नामको किर्ते नागरिकतामा बाबु बनेर सनाखत गर्ने दुर्गाभक्त नेम्बाङलाई प्रहरीले प्रतिवादी बनाएको हो ।

शिवाले अन्तिमपल्ट २०७२ सालमा जात र थर नै फरक पर्ने गरी ‘गौरव नेम्बाङ’ नाममा नागरिकता लिएको खुलेको छ ।राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?