ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आएको ग १५ प ३४९२ नमबरको मोटरसाइकललाई आइतबार बिहान ८ः४५ बजे तिर ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षका प्रवीन गुरुङ र २६ वर्षका विनोद बानियाँको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्यांकरका चालक फरार रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?