काठमाडौं– आगलागीमा परी काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ टोखा नगरपालिका–३ ढलमलस्थित घरको सिँढीमा सुतिरहेको अवस्थामा गएराति करिब १२ः३० बजे आगलागीमा परी घाइते भएका एक पुरुषको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्तकको पहिचान र आगलागीका कारण नखुलेको तथा यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, काठमाडौँ महानगरपालिका– २९ मैतिदेवीस्थित सविना महर्जनको कपडा पसलमा आगलागी हुँदा करीब रु २० लाखको धनमाल क्षति भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया