उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको बताएका छन् ।
१० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘म यति मात्रै भन्छु, अपराधी पत्ता लागिसकेको छ। चाँडै सार्वजनिक गर्छौं उनले थपे, सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको खोल ओढेकाहरुले छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ ।
मन्त्री पोखरेलले निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्ने अधिकारकर्मीहरुलाई हत्यारा सार्वजनिक गर्दा रक्षार्थ सक्रियता नदेखाउन पनि आग्रह गरे ।
त्यो त कहाँ हो र ? विचरा । निर्दोष थियो, अर्कै पो थियो सरकारले लुकायो भनेर छाता ओढाउन नआउनु होला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया