काठमाडौं । महानगरीय प्रहरी प्रभाग कांडाघारीले घुस दिने १ जना चालकलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालीका ३२ पेप्सिकोला चोकमा चेकजाँचको क्रममा गय राती १२ः१५ बजे बा २ ज ४५९१ नम्बरको ट्रयाक्सी चालक काभ्रे पाँचखाल १२ घर भई काठमाडौं बौद्ध बस्ने वर्ष ४१ को राजाराम दनुवारसँग आवश्य कागजपत्र नभएको र निज चालकले चेकजाँच खटिएको प्रहरी टोलीलाई नगद रू ३ सय रूपैया घुस दिन खोज्दा उक्त नम्बरको ट्रयाक्सी सहित निज राजारामलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।
साथै कांडाघारी चोकमा चेकजाँचको क्रममा गय राती १०स्४० बजे बा २४ प ८७८९ नम्बर १५० सिसिको पल्सर मोटरसाईकलमा सवार नुवाकोट खडक भञ्याङ ३ घर भई काठमाडौं हरहर महादेव बस्ने वर्ष २२ को प्रज्वल तामाङ र रामेछाप फुपा ७ घर भई सोही स्थान बस्ने वर्ष २३ को सुजन श्रेष्ठले मादक पदार्थ सेवन गरेको र आवश्यक कागपत्र नभएकोले चेकजाँच खटिएको प्रहरी टोलीलाई नगद रू ५ सय रूपैया घुस दिन खोज्दा उक्त नम्बरको मोटरसाईकल सहित निज २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया