‘बर्थ डे’ मनाउन गाँजा ? प्रहरीको फन्दामा परे ४२ जना

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबु क्षेत्रका विभिन्न होटलमा छापा मारि ४२ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले चलाएको ‘स्वीप अपरेशन’का क्रममा महाराजगञ्ज प्रहरीले शुक्रबार राति गोंगबु क्षेत्रमा रहेको मित्र नगरस्थित बाग्लुङ गेस्ट हाउसमा शंकास्पद अवस्थामा कोठा लिइ बसेका ४२ जनासहित होटलमा सञ्चालकलाई समेत पक्राउ परेका हुन् । 

पक्राउ परेका उनीहरुले ‘बर्थ डे’ मनाउन भनी आएका र २ वटा कोठा लिइ बसेका ९ जना किशोर–किशोरीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

यो समूहको साथबाट लागूऔषध गाँजा र चेक प्वाइन्टबाट कागजत्र नभएका ५ वटा मोटरसाइकल, ७ वटा स्कुटर समेत बरामद गरिएको प्रहरीले बताए । 

पक्राउ परेका उनीहरु कक्षा ८ देखि ११ सम्म पढ्ने १३ देखि १८ वर्षसम्मका छन् । उनीहरुमध्ये ७ छात्र र २ छात्र छन् । उनीहरु आइन्दा यस्तो कार्यमा संलग्न भए कारवाही गर्ने सर्तमा अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?