खै खै न्याय खै ?

भक्तपुर । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भक्तपुरमा प्रदर्शन भएको छ । 

शनिबार सल्लाघारी चोकमा बिवेकशील साझा पार्टी समर्थकहरुले ‘खै खै न्याय खै ?’ भन्दै प्रदर्शन गरेका हुन् । 

केही समय गरिएको प्रदर्शनमा बिवेकशील साझा पार्टीका केन्द्रिय सदस्य शशी बिक्रम शाही, भक्तपुर सयोजक सुरज प्रधानलगायतले पीडितलाई न्याय दिलाउन सबै एकजुट हुनु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?