काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले वैदेशिक ऋण लिएर विकास गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।
‘निब्र्याजी पाए पनि वैदेशिक ऋण लिन हुँदैन,’ राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई सम्बोधन गर्दै शुक्रबार ओलीले भने, ‘ऋण लिएको केही वर्षमा डलरको मूल्य बढेर तिर्ने बेलामा ब्याजभन्दा चर्को पर्न जान्छ, दिनेलाई सित्तैमा दिएजस्तो लिनेलाई चर्को पर्ने ।’
प्रधानमन्त्रीले यसो भने पनि बजेटमा वैदेशिक ऋणको हिस्सा ठूलो छ । हाल बजेटको १९ प्रतिशत विदेशीले दिएको ऋण नै हो । चालु आर्थिक वर्षको केन्द्र सरकारको बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ हो । यसमध्ये २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख रुपैयाँ वैदेशिक ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया