नेपाली सेनाको रथीमा शरद कुमार गिरी सिफारिस

काठमाडौं– नेपाली सेनामा रिक्त रहेको रथी पद  शरद कुमार गिरीको नाम सिफारिस भएको छ ।
 

उपरथी गिरीलाई नियमवालीको नियम ३३ (क) बमोजिम गठित बढुवा समितिले सिफारिस गरेको हो ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका उपरथी गिरीलाई रथी दर्जामा बढुवा सिफारिस गर्न आज प्रधानसेनापति पूर्णचन्द्र थापाबाट सदर भएकाले जानकारीको लागि १५ दिने सूचना प्रकाशित गरिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।  

बढुवा समितिको अनुसार रथी दर्जामा सिफारिस भएका गिरीको बढुवा मन्त्रीपरिषद् बैठकले पास गर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?