काठमाडौं । काठमाडौंको रातोपुलमा शुक्रवार दिउँसो प्रहरीको गोली लागेर घाइते भएका राजन लिम्बु ६ वटा घटनाका फरार अभियुक्त हुन् ।
इटहरी घर भएका लिम्बु प्रहरीको ‘वान्टेड’ सूचीमा रहेको महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंले जानकारी दिए ।
महशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने, ‘लिम्बु ६ वटा घटनाका फरार अभियुक्त हुन्, उनलाई प्रहरीले ‘वान्टेड’ सूचीमा राखेको र यसअघि ६ वर्ष जेल बसेर निस्केका हुन् ।’
लिम्बुले गत मंसिर १२ गते इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए ।
२०६३ सालमा उनले रोयलको अपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरेर ११ लाख ३० हजार र एक गेस्ट हाउसको काउन्टरमा पेस्तोल देखाएर ३ लाख ६१ हजार १ सय रुपैयाँ लुटेको अपराध महाशाखाले जनाएको छ ।
लिम्बुको खुट्टामा गोली लागेको थियो ।
प्रहरीले पक्राउ गर्ने क्रममा लिम्बु भाग्न खोजेपछि गोली चलाएको दाबी गरेको र उनीपनि हतियारसहित उपस्थित भएका थिए

यो पनि पढ्नु होस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया