काठमाडौं । इशनाथ नगरपालिका, औरैया रौतहटले विभिन्न शिर्षकमा गरेको खर्चको कागजी विवरण फर्जी बनाएको पाइएको छ ।
प्रमुख आयुक्तको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाललाई नगरपालिकाबसीले लेखि पठाएको पत्रमा जनाइएअनुसार कार्यालय सञ्चालन शिर्षकमा ३७ लाख ८३ हजार ८ सय ४७ रुपैयाँ (रु.३७,८३,८४७ ) खर्च भएको देखाइएको छ । तर, खर्चको अधिकांश बिल फर्जी बनाइएको छ ।
नगरपालिकाको नागरिक वडापत्र तथा होर्डिङ बोर्डमा ३ सय वटा निर्माण गरी तिन लाख (३,००,०००) खर्च गरिएको भनिएकोमा नगरपालिकाभित्र ३ सय वटा होर्डिङ बोर्ड कहिँकतै राखिएको छैन । त्यतिमात्रै होईन नगरपालिकामा ३ सय थान होर्डिङ बोर्ड राख्ने ठाउँ समेत छैन ।
त्यस्तै नगरपालिकाको विद्युत सामाग्री खरिद कार्यक्रम अन्तर्गत १९ लाख ९९ हजार १ सय ५ रुपैयाँ (१९,९९,१५० ) खर्च भएको कपोकल्पित तथ्य देखाइएको छ ।
नगरपालिकाले गरेको नांगो भ्रष्टाचार कतिसम्म देखिन्छ भने जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ब्ल्यांकेट कम्बल वितरण गर्नको लागि २ हजार ५ सय २६ (२,५२६) थान कम्मल ३५ लाख (रु.३५०००००) मा किनेको भनि विवरण सहित खर्च लेखेको देखिन्छ तर, वितरण गरिएको कम्बलको गुणस्तर हेर्दा उक्त कम्बलको हालको बजारभाउ प्रतिपिस ४ सय देखि ५ सय रुपैयाँ पर्ने देखिन्छ ।
कम गुणस्तरको सामान खरिद गरी महंगो बिल देखाएर रकम हिनामीना गरिएको पत्रमा उल्लेख छ ।
नगरपालिका प्रमुख सन्तोष मेहता, उपप्रमुख अरा खातुन प्रशासकिय अधिकृत रामजी जोशी, सहायक लेखापाल अरबिन्द यादव, जिन्सी फाँट प्रमुख अहेव मोहम्मद ज्याउला वडा नम्ब्र ८ का अध्यक्ष सेख चाँद अली, वडा नम्बर ५ का वडा अधयक्ष देबेन्द्र ठाकुर आर्थिक अनियमिततामा संलग्न भएको भन्दै इशनाथ नगरपालिकाबासीले छानवीन गरी भ्रष्टाचारीलाई हदैसम्मको काबारही गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया