Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

डा भट्टराईले प्रचण्डलाई बधाई दिँदै के भने ?

लोकपथ ११ पुस २०७९, सोमबार ०८:३९
डा भट्टराईले प्रचण्डलाई बधाई दिँदै के भने ?
शेयर गर्नुहोस् Facebook

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भट्टराईले बधाई दिएका हुन् ।
भेटेर बधाई दिएपछि भट्टराईले जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गर्न प्रस्ताव गरेका छन् ।
‘क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं’, भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।