Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

बागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

लोकपथ ८ पुस २०७९, शुक्रबार १६:००
फाइल तस्बिर
फाइल तस्बिर
शेयर गर्नुहोस् Facebook

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजीनामा दिएका छन् । हिजो संघीय  सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । पाण्डे धादिङ १ बाट प्रतिनिधिसभा संसदमा निर्वाचित भएका छन् ।

बागमती प्रदेश सभामा नवनिर्वाचित जेष्ठ सदस्यको शपथ कार्यक्रम पौष १३ गते र बाँकी सदस्यको १४ गतेलाई तोकिएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।