Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

कांग्रेसले थाल्यो मधेशमा संसदीय दल नेता चयन प्रक्रिया

लोकपथ ८ पुस २०७९, शुक्रबार ११:०५
कांग्रेसले थाल्यो मधेशमा संसदीय दल नेता चयन प्रक्रिया
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया शुरु गरेको छ ।

संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेश  प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गर्ने निर्णय भएको कांग्रेसका मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिले केही दिनभित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने गुप्ताले बताए । कांग्रेसमा संसदीय दलका नेताका लागि कांग्रेस मधेश प्रदेश समिति सभापति कृष्णकुमार यादव, रामसरोज यादव, वीरेन्द्र सिंह र जनार्दन क्षेत्री आकाङ्क्षी छन् ।

यस्तै बैठकले मधेश प्रदेश सरकार गठनका लागि पार्टीको केन्द्रीय नेतृत्व र अन्य दलहरुसँग समन्वय गर्न प्रदेश सभापति यादवलाई जिम्मेवारी दिने निर्णय गरेको प्रचारप्रसार प्रमुख गुप्ताले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।