दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश, कांग्रेस, एमाले र माओवादीलाई दिए धोका

लोकपथ
377
Shares

काठमाडौं । गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध प्रदेश सभा सदस्यमा निर्वाचित राजिब गुरुङ उर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सत्ता गठबन्धन र एमालेको सहयोगमा प्रदेश सांसद बनेका मनाङेले अन्ततः कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका तीनवटै पार्टीलाई धोका दिएका हुन् ।

मनाङेले सोमबार एक विज्ञप्ति जारी गर्दै अब नेकपा एसबाट राजनीतिक यात्रा अघि बढाउने जानकारी गराएका हुन् । ‘समाजवादी भित्र रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवी, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट म प्रभावित भएँ,’ उनले भनेका छन्, ‘त्यसैले आजकै मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुसार जनसेवामा सक्रिय रहनेछु ।’

मनाङे २०७४ को निर्वाचनमा एमालेको सहयोगबाट प्रदेश सांसद भएका थिए । साथै, गण्डकीमा एमालेको सरकार ढाल्न र गठबन्धनको सरकार बनाउनसमेत भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?