नियम विपरित आठ वटा बैंकले असुले १ अर्ब ३३ करोड रुपैयाँ

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको असोज ११ गते यता वाणिज्य बैंकहरुको नाममा एउटा परिपत्र जारी ग¥यो । राष्ट्र बैंकले जारी गरेको परिपत्रमा बैंकहरुले कर्जावाला ग्राहकसँग नियमविपरित असुल गरेको रकम फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

चालू पुँजी कर्जा सम्वन्धी व्यवस्थामा भएका केही बुँदाहरुलाई संसोधन गर्नुपर्ने मागसहित निजी क्षेत्र आन्दोलनमा उत्रिएको अवस्थामा राष्ट्र बैंकले निजी क्षेत्रको मनोवललाई केहीहदसम्म जोगाईराख्न पनि उक्त परिपत्र जारी गरेको थियो ।

उक्त परिपत्र अनुसार सबै वाणिज्य बैंकहरुले कर्जावाला ग्राहकहरुसँग नियमविपरितरुपमा लिएको रकम सम्बन्धीत ग्राहकलाई नै फिर्ता गर्नुे पर्ने थियो । यसको लागि समयसिमा आगामी पुस मसान्तसम्म रहेको छ । यदि ग्राहकको रकम फिर्ता नगरे कारवाहीस्वरुप त्यस्तो रकम फिर्ता नर्गर्ने बैंकहरुको वित्तीय विवरण नै स्वीकृती नगर्ने नीति राष्ट्र बैंकले लिएको छ ।

सोही नीतिका कारण पनि बैंकहरुले अहिले धमाधम नियमविपरितरुपमा लिएको ग्राहकको रकम फिर्ता गर्न थालेका छन् । राष्ट्र बैंक उच्च श्रोतका अनुसार बाणिज्य बैंकहरुले ग्राहकसँग नियमविपरित रुपमा लिएको झण्डै चार अर्ब ५० करोड रुपैयाँ फिर्ता गर्न बाँकी देखिएको छ । यसको बिषयमा राष्ट्र बैंकले पनि अनुसन्धान गरिरहेको दावी गरेको छ । यसरी फिर्ता गर्नुपर्ने कुल रकम मध्येबाट आठ वटा बैंकहरुले मात्र झण्डै एक अर्ब ३३ करोड रुपैयाँ फिर्ता गर्न बाँकी देखिएको छ ।

राष्ट्र बैंक उच्च श्रोतका अनुसार ग्लोवल आईएमई बैंकले ४५ करोड रुपैयाँ, बैंक अफ काठमाडौंले २६ करोड, कुमारी बैंकले २१ करोड, सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले १२ करोड, एभरेष्ट बैंकले १२ करोड, सानिमा बैंकले नौ करोड र नेपाल क्रेडिट एण्ड कर्मश बैंकले सात करोड रुपैयाँ फिर्ता गर्न बाँकी देखिएको छ ।

स्ट्याण्डरड चार्टड बैंकले भने नियमविपरितरुपमा असुलेको ७० लाख रुपैयाँ फिर्ता गर्न बाँकी देखिएको जानकारी राष्ट्र बैंक श्रोतले दिएको छ ।

फिर्ता गर्नुपर्ने रकम कुन बैंकको भागमा कति ? हेर्नुहोस यस्तो छ अवस्था (सुचीसहित) :-

 क्र.स.                                    बैंकको नाम                         रकम

  १.                                  ग्लोवल आईएमई बैंक               ४५ करोड
२.                                  बैंक अफ काठमाडौं                   २६ करोड
३.                                  कुमारी बैंक                             २१ करोड
४.                                  सिटिजन्स बैंक इन्टरनेशनल     १२ करोड
५.                                  एभरेष्ट बैंक                            १२ करोड
६.                                  सानिमा बैंक                             ९ करोड
७.                                  नेपाल क्रेडिट एण्ड कर्मश बैंक      ७ करोड
८.                                  स्ट्याण्डरड चार्टड बैंक               ७० लाख

                                         (श्रोतः राष्ट्र बैंक उच्च श्रोत)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?