रिहा भए  नेवि संघ काभ्रेका नेता कृष्ण ढकाल

कुकुर तिहारको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा कुकुरको टाउको जोडिएको फोटो फेसबुकबाट सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेका नेवि संघ नेता कृष्ण ढकाल रिहा भएका छन् ।

 आफ्ना कार्यकर्ता १६ वर्षीय कृष्ण ढकाल पक्राउ परेपछि नेपाल बिद्यार्थी संघले तत्काल रिहाईको माग गर्दै आन्दोलन गरेको थियो ।  

काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका १६ वर्षिय ढकाल नेविसंघको तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?