४० लाख बराबरको लागूऔषध नष्ट

काठमाडौं । इलाका प्रहरी कार्यालय रुपन्देहीले करिब ४० लाख बराबरको लागूऔषध नष्ट गरेको छ । 

प्रहरीले रुपन्देहीको विभिन्न स्थानमा खानतलासि गरि ३७ किलो चरेस, १ किलो गाजा, नुफिन एम्पुल्स फेरागन ५८ र एम्पुल्स डाईजेपाम ५८ सेट बरामद गरेको थियो । 

उक्त बरामद गरिएको लागूऔषधि प्रहरीले शुक्रबार नष्ट गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिल बहादुर मल्ले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?