युवराज पंगाली
काठले बारेको पालको छानो भएको दुई कोठाको घर ।
बिहानीपख ।
कात्तिकको महिना ।
क्रमिक चिसो बढीरहेको समय ।
मानिसहरुको चहल पहल क्रमिक रुपमा बढ्दै थियो सबैले जाडो बढेको आभाष गरिरहेका थिए ।
सुर्खेत बराहताल गाउँपालिका वडा नम्वर २ गिरिघाटमा पालमुनी बस्दै आएका स्थानियहरुको व्यथा निकै कहालीलाग्दो छ ।
****

सुर्खेत वीरेन्द्रनगर देखी करिव १० किलोमिटर पश्चीममा रहेको गरिघाट क्षेत्रमा बस्दै आएकी एक बाढिपिडीत सुमीत्रा बिकलाई राति निन्द्रा पर्दैन ।
सुमित्राकी बुहारी सुत्केरी भएकी छिन् । यसै त शारिरीक रुपमा शक्ति क्षीण भएको अवस्था त्यसमाथी चिसो । सुत्केरी बुहारी बिरामी पर्छिन् की भन्ने पीरले उनलाई सताईरहन्छ । बुहारी सुत्केरी भएको दिननै आफ्नो नाती गुमाउन पुगेकी सुमित्राले भनीन् “नातिको स्याहार सुसार गर्न पाईन, बिहान के खाने साँझ के खाने पीरले सताएको बेला गर्भवती बुहारीलाई राम्रो सँग खुवाउन र औषधी उपचार गर्न पनि पाईन ।”
सुमित्राको ५ जनाको परिवारले ज्याला मजदुरी संगै विहान साँझ गिट्टी कुट्दै जिविकोपार्जन गर्दै आईरहेको छ ।
***
२०७१ सालमा आएको बाढीपहिरोका कारण साविकको हरिहरपुर गाविसको सिस्नेरी भन्ने स्थानबाट विस्तापित भएर गरिघाटमा आएका १ सय ६५ घर परिवारको अवस्था निकै दर्दनाक छ ।
जाडो बढेसंगै उनिहरुको दैनीकी झन् कष्टकर हुँदै गइरहेको छ ।
बिहान साँझ गिट्टी कुटेर जिविकोपार्जन गर्दै आएका बाढिपीडितहरु जाडो मौसम सुरु भएपछि चिन्तीत बनेका हुन् । कर्णाली प्रदेश सरकारले पुर्नस्थापनाको काम छिटो गरिदिनु पर्ने उनिहरुको भनाई रहेको छ । 
विगत चार वर्षसम्म एउटै पालमुनी बस्दा आफुहरुलाई कुनै पनि सरकार आएको महसुस नभएको उनिहरुको भनाई रहेको छ ।
यता कर्णाली प्रदेश सरकारले बाढिपिडितहरुको पुर्नस्थापन गर्न भन्दै गत श्रावण ६ गते कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश मण्डारीको संयोजकत्वमा उच्च स्तरीय समितीको समेत गठन गरेका थियो ।
अहिले बाढिपिडितहरको तथ्याङ्क संकलन गर्ने काम गरिरहेको र उक्त तथ्याङ्कको विश्लेषण गरि पुर्नस्थापना गरिने बाढिपिडित व्यवस्थापन समितिका संयोजक यज्ञ प्रशाद ढकालले बताए ।
वन क्षेत्र केन्द्र सरकारको मातहतमा रहेका कारण हाल बसिरहेकै शिविरमा पुनःस्थापना गर्न कठिनाइ हुने समितिका सदस्य ढकाल बताए ।
बाढी पीडितलाई अस्थायी शिविरमै स्थायी रूपले बस्ने वा पुख्र्यौली गाउँमै फर्कने भनेर दुई वटा विकल्प दिइने ढकाल बताउँछन् ।
पीडितको पुनःस्थापनाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले सात करोड रुपैयाँ स्वीकृत गरेको छ ।
२०७१ साउन २९, ३० र ३१ मा सुर्खेतका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट घरबार उजाडिएका ९ सय ७१ बढीपीडित घाटगाउँ, लेखपराजुल, गिरिघाट लगायतका स्थानमा पालमुनी बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया