काठमाडौं-पार्टी एकीकरण भएको छ महिना बितिसक्दा समेत सांगठानिक एकता प्रक्रिया टुंगो लाग्न नसक्दा नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ ।
पार्टी एकता घोषणा भएको दिन जेठ ३ गते तीन महिनाभित्र सबै तहको एकता प्रक्रिया टुंगो लगाउने बताइए पनि छ महिना बितिसक्दा समेत एकता प्रक्रियाले गति लिन सकेको छैन ।
४४१ केन्द्रीय समिति, प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवबाहेक अन्य जनसंगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्व दुवै पार्टीका सांगठानिक एकता प्रक्रिया एकसाथ टुंगो लगाउने गरी प्रदेशस्तरीय कार्यादल गठन भएको थियो ।
कार्यादलले पार्टीका महासचिव विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमाथि सचिवालयको बैठकमा छलफल गर्ने क्रममा पार्टीभित्र विवाद शुरु भएको थियो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अनुकूलका नेताहरुलाई मात्र जिम्मेवारी दिने गरी प्रतिवेदन आएको भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया