काठमाडौं– सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् ।
आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खानका लागि ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
जातिगत रूपमा हेर्दा सबैभन्दा बढी ब्राह्मणबाट २६ दशमलव ४७ प्रतिशतले दरखास्त दिएका छन् ।
ब्राह्मणपछि क्रमशः क्षेत्री समुदायबाट १७ दशमलव ३७ प्रतिशत, थारू ७ दशमलव शून्य ३, मगर ६ दशमलव २६, यादव ६ दशमलव १६ प्रतिशत र नेवार समुदायबाट ४ दशमलव १० प्रतिशतले आवेदन दिएका छन् ।
राई समुदायबाट ३ दशमलव शून्य ७, तेलीले २ दशमलव ४९, कामी २ दशमलव २५, तामाङ २ दशमलव शून्य ८ प्रतिशतले दरखास्त दिएका छन् । यस्तै, कोइरी समुदायबाट १ दशमलव ९२, ठकुरी १ दशमलव ७८, सार्की १ दशमलव ३६, लिम्बु १ दशमलव २२, गुरुङ १ दशमलव १५, दमाई शून्य दशमलव ९८, मुस्लिम शून्य दशमलव ९३ र धानुक समुदायबाट शून्य दशमलव ८४ प्रतिशत आवेदन परेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया