६ जना मृत फेला

काठमाडौं–    सर्लाही, बझाङ, सिन्धुपाल्चोक, रुपन्देही, रोल्पा र अर्घाखाँचीमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

    सर्लाहीको चक्करघट्टा गाउँपालिका ७ पटेर्वा बस्ने २१ वर्षिया रिन्कुकुमारी यादव घरमै सुतिरहेको अवस्थामा शुक्रबार दिउसो मृत अवस्थामा फेला परेकी छिन् ।

रिन्कुकुमारीको कोठामा तलासी गर्द १ थान कटुवा पेस्तोल फेला परेकाले उनको २२ वर्षीय श्रीमान विवेककुमार यादवलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
    बझाङको  बुङ्गल नगरपालिका ७ कोटिला बस्ने ६१ वर्षीय पुने बोहरा सोही ठाउँस्थित तोलिचौरमा शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् ।

    यस्तै सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका ५ स्थित मरामची बाघपाईला भिरमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष ५ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका छन् ।
  

 यस्तै रुपन्देहीको  बुटवल उपमहानगरपालिका १८ रानिगंजमा सैनामैना नगरपालिका ४ मुर्गिया बस्ने ३० वर्षिय राज थारु शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
 

रोल्पाको गंगादेब गाँउपालिक ५ लेकझाक्रीसल्लामा सोही ठाउँ बस्ने ४० वर्षीय देबराज परियार पनि शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

   अर्घाखाँचीको  सन्धिखर्क नगरपालिका ३ छापडाँडा बस्ने ४२ वर्षिया उजेली कुमाल शुक्रबार राति खाना खाई सुतेकोमा शनिबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।
 

   यबै घटनाका सम्बन्धमा  स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?