गुल्मीमा जीप दुर्घटना : ५ घाइते

गुल्मी । गुल्मी सदरमुकाम तम्घासबाट भाडगाँउतर्फ जाँदै गरेको जीप रेसुंगा नगरपालिका ३ को भाडगाउँमा दुर्घटना भएको छ ।

शुक्रबार बिहान भाइटिका लागाउन हिडेको बा १० च ६१५२ नम्बरको जीप दुर्घटना हुँदा ५ जना  घाइते भएका छन् भने जीपका चालक सुनज पन्थी फरार छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतका अनुसार दुर्घटनामा परि जीप मालिक रेसुङ्गा नगरपालिका १ निवासी ४५ वर्षीय निर्मला केसी, उनका २६ वर्षीय छोरा प्रवेश, छोरी २३ वर्षीय सन्ध्या केसी, रुपन्देही फुलवारी निवासी २१ वर्षीया मनिका घिमिरे र रेसुङ्ग नगरपालिकाकी १६ वर्षीया पुष्पा राना घाइते भएका छन् ।

घाइते पाँचै जनाको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि गरिएको र थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको एसपी बस्नेतले बताए 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?