काठमाडौं । तिहारलाई फूलैफूल तथा झिलिमिलको पर्व पनि भन्ने गरिन्छ ।
आज तिहारको तेस्रो दिन धनधान्य देवी लक्ष्मीको पूजा गरी देशभर मनाइँदै छ ।
कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा पर्व मनाइँदै छ ।
तिहारमा लक्ष्मीलाई घर भित्र्र्याउनका लागि घर झिलिमिली बनाएर सजाउनुका साथै लक्ष्मी पूजाका दिन आँगनमा रंगोली बनाएर दिप बाल्दै लक्ष्मीलाई घर भित्र्र्याउने परम्परा रहिआएको छ ।
रंगोली भारतको प्राचीन सांस्कृतिक परम्परा तथा लोक–कला हो । भिन्नभिन्न प्रदेशहरूमा रंगोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ । तर, यसको पछाडि निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ ।
यसको यहीँ विशेषता यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूलाई पनि प्रदर्शित गर्दछ ।
यसलाई सामान्यतः पर्व, व्रत, पूजा, उत्सव विवाह आदि शुभ अवसरहरूमा सुख्खा र प्राकृतिक रङ्गहरूबाट बनाइन्छ ।
यसमा साधारण ज्यामितिक आकार वा देवी देवताहरूको आकृतिहरू हुनसक्छ ।
यसको प्रयोजन सजावट र सुमंगल छ । यसलाई प्रायः घरको महिलाहरू बनाउछन् । विभिन्न अवसरहरूमा बनाइने यी पारम्परिक कलाकृतिहरूको विषय अवसरको अनुकूल अलग–अलग हुन्छ ।
यसको लागि प्रयोगमा ल्याइने पारम्परिक रङ्गहरूमा पिसेको सुख्खा वा गीलो चामल, सिन्दुर, रोली, हल्दी, सुख्खा आटा र अन्य प्राकृतिक रङ्गहरूको प्रयोग गरिन्छ तर अब रंगोलीमा रासायनिक रङ्गहरूको प्रयोग पनि हुनलागेको छ ।
रंगोलीलाई द्वारको देहरी, आँगनको केन्द्र र उत्सवको लागि निश्चित स्थानको बीचमा वा चारैतर्फ बनाइन्छ । कहिलेकाहीँ यसलाई फूलहरू, लठ्ठी वा कुनै अन्य वस्तुको पदार्थ वा चामल आदि अन्नबाट पनि बनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया