रोकिएन पटाकाको तस्करी

काठमाडौँ । सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन ।

तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा  प्रसस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताए । उनले भने, “पटका पड्काउन पूर्ण प्रतिबन्ध छ तर खुल्ला सिमानाका कारण तस्करी भने रोक्न सकिएको छैन । गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशत तस्करी नियन्त्रण भएको छ ।”

प्रहरीले पटाकाको बिक्री वितरण तथा प्रयोग गर्नेमाथि कारवाही हुने बताए पनि तस्करहरूले  साइकलमा राखेर पटाका बिक्री गर्दै आएका र पटका प्रयोगकर्तामा पनि त्यसको कुनै असर परेको पाइँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?