मानवअधिकारकर्मि तुलाधरको शवयात्रामा जे देखियो, शोभाभगवतीमा अन्तिम संस्कार हुँदै

काठमाडौं । मस्तिष्कघातबाट आइतबार निधन भएका मानवअधिकारकर्मि पद्यरत्न तुलाधरको अन्तिम शव यात्रापछि उनको पार्थिक शरीरको अन्तिम संस्कारको लागि शोभाभगवती लगिएको छ ।

अन्तिम श्रद्धाञ्जलीको लागि उनको शव लाम्जिपाटस्थित निवासमा राखिएको थियो । 

मानवअधिकार आन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरुको प्रतिनिधिका रुपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था विरुद्धमा आजाव उठाएका थिए ।

साथै उनले माओवादीसँग सरकारले वार्ता गर्दा मध्यस्तकर्ताको भूमिका समेत निर्वाह गरेका थिए ।

राजधानीको नर्भिक अस्पतालमा उपचाररत तुलाधरको ७८ वर्षको उमेरामा आइतवार निधान भएको थियो । 

गत शुक्रबारबाट स्वास्थ्यमा समस्या आएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । तर, उनलाई अन्नपूर्णबाट नर्भिक अस्पताल रिफार गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?