ठूलो ऋण लिन आउनेलाई बैंकको जवाफ, यसपटकलार्इ सरी

काठमाडौं – लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थालेका छन्। लगानी गर्ने पैसा (तरलता)को अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले १० लाखभन्दा बढी रुपैयाँ ऋण दिन सक्ने अवस्थामा छैनन्।

कतिपय बैंकहरु ठूलो ऋण दिन सक्ने अवस्थामा नरहेको नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए। ‘सानोतिनो ऋण दिन सक्ने अवस्थामा बैंकहरु रहे पनि ठूलो ऋण दिन सक्दैनन्,’ उनले भने, ‘प्रायः सबै वाणिज्य बैंकको अवस्था यस्तै छ।’

बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गरे भने ८० रुपैयाँभन्दा बढी लगानी गर्न पाउँदैनन्। अहिले अधिकांश बैंकले संकलन गरेको रकमको ७९ प्रतिशत (एक सय रुपैयाँमा ७९ रुपैयाँ) लगानी गरिसकेका छन् । अब उनीहरु ठूलो लगानी गर्न सक्ने अवस्थामा नभएको राणाको भनाइ छ। नागरिक दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?