काठमाडौं-पश्चिमी वायुको प्रभावले कर्णाली र सुदुरपश्चिमका उच्च पहाडी र हिमालीभेगमा हिमपातसँगै वर्षा भएको छ ।
नेपाल समाचारपत्र दैनिक लेख्छ-विगतका वर्षभन्दा अगावै हिमपात र वर्षा भएपछि सो क्षेत्रको तापक्रम एक्कासी घट्दा जनजिवन प्रभावित बनेको छ ।
गत शुक्रवार भारतको जम्बु कास्मिर हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा गराएपछि मध्यपश्चिम र सुदुरपश्चिमी भेगमा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘
गत वर्ष भन्दा केही दिन अघि सो क्षेत्रमा चिसो बढेको छ’–महाशाखाका मौसमविद् समिर श्रेष्ठले भने। तर यस्तो प्रभाव पूर्वी तथा मध्यभेगमा नफैलिने र हिमपात प्रभावित जिल्लाको मौसममा पनि आइतवार अपरान्ह्रदेखि सुधार आउन थालेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया