निर्मला प्रकरणः नमुना रगत जिल्ला प्रशासनमा

काठमाडौं  –  निर्मलाका लागि न्याय दिन सञ्चालित अभियानले डीएनए परीक्षणका लागि सडकमै बसेर विभिन्न व्यक्तिबाट संकलन गरेको नमुना रगत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।
 अभियानले शनिबार डीएनए परीक्षणका लागि भन्दै नमुना रगत संकलन गरेको थियो । संकलित नमुना आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइएको हो ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पूरा हुँदा समेत बलात्कार तथा हत्यामा संलग्न पत्ता लाग्न सकेको छैन । दोषी पत्ता लाग्न नसकेको भन्दै अभियानले सांकेतिक र व्यंग्यात्मक विरोधका लागि त्यस्तो शैली अपनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?