सुर्खेत- कर्णाली प्रदेशसभाको ४१औँ बैठकले दुई वटा विधेयक पारित गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संशोधनसहित पारितका लागि पेश गरेको ‘कर्णाली प्रदेशसभाको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ र ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभाको बैठकले आज सर्वसहमत पारित गरेको हो ।
कानूनमन्त्री भण्डारीले पेश गरेकाे विधेयकमा प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले मुख्यमन्त्रीसहित मन्त्री, प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधामा धेरै अन्तर नगर्न अनुरोध गरिन् । मन्त्रिपरिषद्को निर्णयबाट गरिने खर्च अपारदर्शी हुने भन्दै उनले कानून बनाएर खर्च गर्न सरकारलाई सुझाइन् । प्रदेशसभा बैठकबाट वर्षे अधिवेशन आजदेखि अन्त्य भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया