निर्मलाको आमाबुबा अनसन बस्ने, निर्मलाको बलात्कारपछि हत्या भएकै ठाउँमा पत्रकार सम्मेलन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको सय दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै निर्मलाको आमाबुबाले आमरण अनसन बस्ने घोषणा गरेका छन् । 

आइतबार निर्मलाको परिवारले पत्रकार सम्मेलन गरी छोरीको न्यायको निम्ति आमरण अनसन बस्ने बताएका हुन् ।  

स्रोतका अनुसार घटनाको चुरो कुरा पत्ता लगागेतापनि यो बिचमा दशै,तिहार , नेपाल संम्वत र छठ जस्ता चाडबाड परेकोले कुनै पनि आन्दोलन नभएको हो । यद्यपी कार्तिक २५ गतेबाट ठूलो आनदोलन हुनेछ । 

निर्मलाको न्यायका लागि देशव्यापी आन्दोलनमा जाने बताइएको छ । 

निर्मला पन्तको गत साउन १० गते बलात्कार पछि हत्या भएको थियो भने उनको मृत शरीर साउन ११ गते उख्खु बारीमा भेटिएको थियो । 

निर्मलाको बलात्कारपछि हत्या भएकै ठाउँमा पत्रकार सम्मेलन गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?