काठमाडौं – जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्मा तीन महिना नपुग्दै काठमाडौंमा सरुवा भएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको दबाबमा प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई शुक्रबार साँझ काजसरुवा गरेको हो।
बुटवल ट्राफिक कार्यालयका प्रमुख रहेका शर्मा केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका थिए। ब्युरोमा आएको केही महिनामै उनलाई महानिरीक्षक सर्वेन्द्र खनालले दाङ पठाएका थिए।
स्रोतका अनुसार दाङ पुगेको १५ दिनपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसँग एसपी शर्माको खटपट प-यो। त्यसपछि श्रेष्ठले शर्मालाई अन्यत्र सरुवा गर्न गृह मन्त्रालयसमक्ष अनुरोध गर्न थाले। १६ महिनाअघि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले श्रेष्ठलाई दाङको सिडिओ बनाएर पठाएका थिए। नागरिक दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया