काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ ।
नेपालीहरुकालागि बेलायतले भिसा भारतस्थित दुतावासबाट दिने गरेको छ । भारतीय दुतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिषा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्ध भएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
नोभेम्वर ५ देखि ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन जान लाग्नु भएका मन्त्री अधिकारीको भिसामा भीएफएस ग्लोवल नेपालले च्यातिएको भिषा मा क्रस गरिएको राहादानी दिएपछि मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो।
भिषा लागेको राहदानी लापरवाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य धुव्र पोखरेलले जानकारी दिए । उनका अनुसार एक पटक टासिएको भिसा पुन निकाली दोहो¥याएर टास्न खोज्दा च्यातिएको देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया