काठमाडौं – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरलाई मंगलबार सरुवा गरियो ।
ओशो तपोवनले अवैध दोहन गरेको निकुञ्जको जग्गा फिर्ता लिने प्रक्रिया चलिरहेकै बेला उनलाई विभागमा तानिएको हो ।
वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले कुँवरलाई हटाउन नहुने भन्दै एक महिनादेखि अडान लिइरहेका थिए । कुँवरले निकुञ्ज व्यवस्थापनमा अब्बल काम गरेको उनको दाबी थियो । अाजकाे कान्तिपुर दैनिक लेख्छ-स्रोतका अनुसार ‘नाजायज काम गर्न शक्तिकेन्द्रको दबाब’ नटेरेकै कारण उनलाई सरुवा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया