काठमाडौं – संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् ।
दसैं–तिहारमा समेत तलब नपाउँदा घर–व्यवहारमै समस्या आएको कर्मचारीले बताएका छन् ।
वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले ठूलो संख्यामा कर्मचारीले तलब पाउन नसकेको बताए ।कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया