निर्मला हत्या प्रकरण : फेसबुकमा पीडा पोख्दै एसपी विष्ट

डोटी– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्न थालेका छन् ।

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले ‘सत्य इमान्दारीताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको’ उल्लेख गरेका छन् ।
 उनले आफ्नो दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिर अन्त्य भएको उल्लेख गर्दै निष्ठा र स्वाभिमानको अन्त्य नभएको स्ट्याटसमा लेखेका छन् ।
खडेरी परेका बेला सत्य ओइलाउन सक्ने तर कहिल्यै नमर्ने कुरासमेत उनको फेसबुक स्ट्याटसमा उल्लेख छ । उनले लेखेका स्टाटसमा अधिकांशले न्याय पक्का मिल्ने छ भन्ने टिप्पणीसमेत राख्ने गरेकाछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?