काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा वल्र्डकप (फुटबल खेल) शान्तिसुरक्षाको जिम्मा नेपाली सुरक्षाकर्मीलाई दिने विषयमा छलफल भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र कतार समुदाय सुरक्षा संगठनका निर्देशक साद वीन जसीम अल खुलाइफीबीचको शिष्टाचार भेटमा उक्त विषयमा छलफल भएको हो ।
राष्ट्रपति विद्यावेदी भण्डारीसँगै कतार भ्रमण पुरा गरी बिहीवार साँझ स्वदेश फर्किएका प्रहरी महानिरीक्षक खनालले फिफा वल्र्ड कप सुरक्षामा नेपाली खटाउने विषयमा छलफल भएको बताए ।
नेपाल र कतारबीच वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखन, साइबर क्राइम, लागूऔषधको ओसारपसारविरुद्ध सूचना आदान प्रदानका साथै सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका केही नेपालीाहरु अपराधिक गतिविधिमा संलग्न हुने भएकाले उनीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन यो सम्झौता प्रभावकारी हुने बताए ।
त्यस्तै कतार सरकारका लागि पनि कतारमा अपराध गरेर नेपालमा लुकिछिपी बस्नेविरुद्ध कानूनी कारवाही सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल प्रहरी र कतार प्रहरीबीचको सहकार्यमा अवैध हुण्डीको कारोबार, लागूऔषध ओसारपसार, मानव बेचबिखन लगायत अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय संगठित अपराध नियन्त्रण गर्न सहकार्य हुनेछ ।
यसैगरी सन् २०२२ मा आयोजना हुने फिफा वल्र्डकप को सुरक्षा जिम्मेवारी पनि नेपाल प्रहरीलाई दिने विषयमा कतार सरकार सकारात्मक देखिएको छ ।
कतार सरकारले नेपाली सुरक्षाकर्मीमाथि बढी विश्वास र भरपर्दो मान्ने भएकाले फिफा वल्र्ड कपका लागि नेपाली सुरक्षाकर्मी लैजाने विषयमा छलफल गर्नुका साथै कतार सरकार सकारात्मक देखिएको हो । नेपालीहरु कतार सरकारका लागि पहिलो रोजाइमा पर्ने गरेको प्रहरी स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया